Rating:
Date added: 19.2.2015
304 911
FB2PDFEPUB
म हिँडेको,आँसुको मसिनो धर्सोजस्तो बाटोगाँसिएको छ- यि फराकिला सडकहरुमा,मैले बास बसेकाखरले छाएका झोपडीहरुले धकेल्दैल्याइपुर्याएका छन्- यि चन्द्रमा छुने अग्ला भवनहरुमा,यो सहरका बिराना चोकहरुमा,यो सहरमा अपरिचत मोडहरुमा,म अल्मलिए ।यि हतारहतारकहिले शहरको वल्लोछेऊकहिले शहरको पल्लोछेऊकुदिरहने मानिसहरुले कहिल्यै बोलाएनन्- मेरो नामकहिल्यै देखाएनन्- म जाने बाटो ।जसरी शिशिरमा सारा पातहरु झरेररुखहरु खिङरिङ्ग पर्छन्,त्यसरी नै खिङरिङ्ग पर्दा रहेछन्,सपना हराएका मानिसहरु,म खोजिरहेछु,म प्रतिक्षा गरिरहेछुत्यो बसन्तकोजसले सिउरिदिनेछ, खिङरिङ्ग परेको मेरा शरिरमासपनाका नयाँ पातहरु,यो सहरको कोलाहल,यो शहरका अनेक भाषाहरु बिचबाटएकदिन अचानक बोलाउने छ,मेरो सपनालेमेरो नाम,र, म बौरिनेछु-- मेरो बहोसीबाट । बुद्धिसागरका कविता (Buddhisagar ka Kavita) by Buddhisagar